आफूलाई हटाउने अभियानमा लागेका सरकारका प्रवक्ताको जिम्मेवारी खोसे कोशीका मुख्यमन्त्रीले
कोशी प्रदेश सरकार मन्त्रिपरिषदले गएको पुस २४ मा आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीलाई सरकारको प्रवक्ता तोकेको थियो। त्यसयता मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे सञ्चारकर्मीलाई उनैले ‘ब्रिफिङ’ गर्थे।