अब गाउँपालिकाबाटै प्यान कार्ड पाइने

गोरखा । हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नम्बर (प्यान) दिन सुरु गरेको छ। गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलो पटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवा […]