एजेन्सी । चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ जना पुगेको बताउनुभएको छ । उहाँले मृतककाे संख्या अझै बढ्ने सम्भावना रहेको समेत बताउनुभएकाे हाे । सान्टियागोबाट करिब ५ सय किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा संचारकर्मीसँग कुरा गर्दै बायोबियोमा मात्रै करिब ३ सय घरहरू ध्वस्त भएकाे […]