काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ताको भीड देखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत बसुन्धरास्थित राधास्वामी परिसरबाट विभिन्न ब्रान्डका खाना पकाउने ग्यास वितरण भइरहेको छ। राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास उपभोक्तालाई वितरण गरिएको हो।