सात वर्षदेखि पटक-पटक ठप्प नेप्से: साइबर हमलापछि उठ्यो प्रश्न, वैकल्पिक प्रणाली खोइ?

नेपालको पूँजीबजारमा अनलाइन कारोबार प्रणाली सुरु भएयता प्राविधिक समस्याका कारण कारोबार प्रभावित हुनु नयाँ घटना होइन। नेप्सेले ६ नोभेम्बर २०१८ अर्थात् २०७५ कात्तिक २० गते पूर्ण स्वचालित नेप्से अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याएको थियो। यसमा कारोबार व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन प्रणाली, निगरानी प्रणाली र म्याचिङ इन्जिनलगायतका प्रणाली समावेश छन्। अनलाइन प्रणाली सुरु भएको केही महिनामै […]