काठमाडाैं । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूअलग्गै छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा साेमबार जारी उक्त छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका हुन् । पार्टीको इतर पक्षले आगामी मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान […]