साप्ताहिक अर्थ समाचार : बाढीपीडित बालबालिकालाई मासिक १७ हजार, दूरसञ्चारको गुणस्तरमा सुधार्न निर्देशन, सगरमाथा जोड्ने सडकका लागि पाँच अर्ब, कृषि उत्पादन घट्यो र सुनकोशी-मरिण ठेक्का रद्द

भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक […]