जाँदाजाँदै नेपाल एयरलाइन्सलाई डुबाएर गए युवराज, इन्जिन मर्मतको नाममा निगमको हुर्मत

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ (९एन–एकेएक्स) को इन्जिन इजरायलमा मर्मत सम्पन्न भई तयार भएको आठ महिना बितिसक्दा पनि फिर्ता ल्याउन नसक्दा राष्ट्रिय ध्वजावाहक गम्भीर आर्थिक र व्यवस्थापकीय सङ्कटमा फसेको छ । तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकालमा भएका अपारदर्शी निर्णय र रणनीतिक विचलनले अहिले निगमलाई २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय दायित्वमा थिचेको मात्र छैन, […]