काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशन कार्यविधि पारित गरेको छ। कार्यविधिअनुसारै अहिले विभिन्न प्रस्ताव पेस हुँदै छन्। महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। त्यसैगरी कार्यविधिअनुसार समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधानमा आवश्यक संशोधन, परिमार्जन, पार्टीको संरचनागत र सांगठनिक सुधारबारे प्रस्ताव पेस हुनेछन्। यस्तै केन्द्रीय कार्यसमिति विघटन गर्ने र पन्ध्रौँ महाधिवेशन […]