काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौँस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको सो भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरूको सम्बन्धका विविध विषयहरूका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो […]