मानिसको जीवनमा केही यस्ता अकल्पित मोडहरू आउँदा रहेछन्, जसले जीवनभरिका लागि कहिल्यै नपुरिने घाउ र कहिल्यै नमेटिने पीडा दिएर जान्छन् । २०८१ साल असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण नागढुंगा–नौबीसे सडकखण्डमा पर्ने झ्याप्लेखोलामा आएको भीषण पहिरो केवल एउटा प्राकृतिक विपत्ति मात्र थिएन, मेरो परिवारका लागि त्यो एउटा कहिल्यै नब्युँझिने कालो सपना बन्यो […]