काठमाडौंमा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु

काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘शिक्षामा सीप स्केचिङ एण्ड स्कल्पचर प्रदर्शनी २०२६’ सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत स्केचिङ तथा स्कल्पचर मोड्युलमा सहभागी विद्यार्थीहरूले सिर्जना गरेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले […]