धादिङ । लगातारको वर्षापछि आएको बाढीले धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मा एक महिलाको ज्यान गएको छ। ताल्ती खोलामा आएको बाढीले बगाउँदा स्थानीय ४१ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको हो। वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेलका अनुसार शुक्रबार खोला तर्ने क्रममा बाढीले बगाउँदा पार्लाक निवासी चेपाङको मृत्यु भएको हो। सुकुमाया र रमिसा चेपाङसँगै खोला तर्न लागेका […]