सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए […]