कैलाली– १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३४ वर्षीय धन बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।