बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो । विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा आज दिउँसो ३ः०० बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । भिरबाट लडेकी विकको घटनास्थलमा नै मृत्यु भएको हो […]