काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनाएका छन् । बडादसैको अवसरमा पूर्व राष्ट्रपति डा. यादव यही मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्यौली गाउँ सपही पुगेका थिए । यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए […]