कार्यकारी निर्देशक पौडेलले पाए राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाएका छन् । १९ कात्तिकदेखि लागू हुने गरी गभर्नर कार्यालयले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।