विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ । विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मंगलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा […]