पूर्व क्लब विरुद्ध एजेको गोल, आर्सनललाई ४ अंकको अग्रता

९ कात्तिक, काठमाडौं । एबेरेची एजेले पूर्व क्लबविरुद्ध गोल गर्दा आर्सनलले प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । प्यालेसका पूर्व खेलाडी एजेले खेलको ३९औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । …