दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ […]