डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक विकास, पूर्वाधार विस्तार तथा क्षेत्रीय आर्थिक गतिविधि अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको जगदुल्ला हाइड्रोपावर कम्पनीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना परियोजनाका […]