हात्तीवनमा उधौलीको उत्सव [१५ तस्बिर]

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन्। ललितपुरको सानो हात्तीवनमा भेला भएर किराती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन्। लिम्बूले चासोक तङ्नाम पर्व तीन […]