भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन्। सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार […]