काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी बलियो राजनीतिक शक्तिका रूपमा क्रमशः विस्तारित र सुदृढ बन्दै गएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहकार्यलाई जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्तिको निर्माणतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्। […]