सिन्सिनाटीबाट डीसी प्रस्थान गरेको केही घण्टामै अमेरिकी उपराष्ट्रपति भान्सको घरमा तोडफोड

अमेरिकाको ओहायो राज्यस्थित सिन्सिनाटीमा उपराष्ट्रपति जे.डी. भान्सको घरमा तोडफोड भएको घटनामा संलग्न आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। अमेरिकी सेक्रेट सर्भिसका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। यूएस सेक्रेट सर्भिसका अनुसार उपराष्ट्रपतिसँग सम्बन्धित व्यक्तिगत आवासको बाहिरी भागमा झ्याल फुटाउनेलगायत सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा एक वयस्क पुरुषलाई नियन्त्रणमा लिइएपछि सिन्सिनाटी प्रहरी विभागको जिम्मा लगाइएको हो। ती व्यक्तिलाई […]