१२ विद्यार्थी संगठनको माग- ब्रिटिस कलेजको अनुमति खारेज

काठमाडौँ। थापाथलीमा सञ्चालित ब्रिटिस कलेजको अनुमतिपत्र खारेज गर्न १२ विद्यार्थी संगठनले माग गरेका छन्। कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायत शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाएको‚ अत्यधिक शुल्क असुलेको‚ फरक पाठ्यक्रम पढाएको र भर्ना गरिएका विद्यार्थीलाई यूएईमा अलपत्र पारेको विषयमा त्यहाँका विद्यार्थी आन्दोलनरत् छन्। संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट आइतबार विज्ञप्ति जारी गर्दै पटक-पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर […]