इरानमा सरकारविरोधी प्रदर्शनमा मृतक संख्या २ हजार ४०३ पुगेको एचआरएएनएको दाबी

तेहरान। इरानमा डिसेम्बरको अन्त्यतिर सुरु भएका सरकारविरोधी प्रदर्शनयता कम्तीमा २ हजार ४०३ प्रदर्शनकारीको मृत्यु भएको अमेरिकास्थित मानवअधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। संस्थाका अनुसार सुरक्षा निकायको कडा दमनका कारण मृतक संख्या तीव्र रूपमा बढिरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई मृत्युदण्ड नदिन इरानलाई चेतावनी दिएका छन्। मृत्युदण्ड कार्यान्वयन भए […]