महिला टी-२० क्रिकेट : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्ने

काठमाडौं, ६ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। आज भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो। आजै भएको पहिलो सेमिफाइनलमा खेलमा मधेस प्रदेशलाई १ सय १४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। फाइनल खेल भोलि हुनेछ। प्रतियोगिताको विजेताले ५ […]

सम्बन्धित सामग्री

मैयादेवी श्रेष्ठ स्मृति अन्तर प्रदेश महिला टी २० क्रिकेट माघको दोस्रो साता

५ पुस, चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा सात वटै प्रदेशबाट […]

महिला टी–२० क्रिकेट सिरिजमा नेपाल तेस्रो

काठमाडौं, ३ मंसिर। ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत जापानविरुद्धको खेलमा नेपाल ४५रनले विजयी भएको छ। नेपालले दिएको ११६रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको जापानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ७०रन बनाउन सक्यो। नेपालले आफ्नो अन्तिम खेलमा जापानलाई हराउँदै तेस्रो भएको छ। यसअघि समूह चरणमा लगातार २ खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

काठमाण्डाै - नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ । आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो । बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् । मलेसियाकी...

ललितपुर मेयर्स कप महला टी-२० क्रिकेट चैत ९ देखि

५ चैत, काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान […]

बैतडीमा महिला टी–२० क्रिकेट

काठमाडौँ,१२ माघ । शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए । आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दशरथचन्द नगरपालिका–५ दशरथ चन्द तथा दशरथचन्द […]

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

काठमाडौँ – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय […]

इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने

मोरङ – महिला क्रिकेट विकास र समानताका लागि इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल क्रिकेट फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगितामा प्रदेश र मधेस प्रदेशका ४ टोलीको सहभागिता हुने जनाएको छ। फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार शनिबारबाट सुरु हुने प्रतियोगितामा […]

धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता हुने

१ पुस, धनगढी । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ वटै प्रदेश र नेपाल एपीएफ क्लब गरेर ८ वटा टीमले […]