काठमाडौं : सरकारले गत १५ गतेबाट काठमाडौंं उपत्यकाभित्र जोरबिजोर प्रणालीबाट २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिएको छ। यस अघि भने निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्दै आएका थिए।तर अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारीसाधन चल्न थालेका छन्। सवारीसाधन चाप बढेपछि ट्राफिक जाम हुने गरेको छ। पछिल्लो समय चेकिङमा कडाई गरिएको छैन। जसकारण सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन्। ट्राफिक प्रहरीले चेकजाँच गरेकाे देखिँदैन।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्