भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ