अग्रवाल परिवार बेपत्ता अर्बभन्दा बढी ऋण

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

सम्बन्धित सामग्री

बेपत्ता भएको अग्रवाल परिवार काठमाडौंमा, मिटर ब्याजले बनाएको थियो 'गायव'

काठमाडौं : एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार काठमाडौं आइपुगेको छ। पैसा कारोबारका कारण एकाएक गायव बनेको सिंगो परिवार नै आज बिहान काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ। गएको पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो। ‌ओमप्रकाशकी छोरी रजनी अग्रवालले सिंगो परिवार…