शेरबहादुर देउवाको मात्र होइन, १४६ सांसदको हक अपहरण गरिएको होः वरिष्ठ अधिवक्ता शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति प्रधानमन्त्री नियुक्त नगरेर देउवाको नभई १४६सांसदको हक हपहरण गरिएको आरोप लगाएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा थापाले भने,“संसद्को अधिकार के हो त? यो शेरबहादुर देउवाको मात्र होइन १४६सांसदको हक अपहरण गरिएको हो।” विश्वासको मत पाउने÷नपाउने भन्ने विषय राष्ट्रपतिले हेर्ने हो र? भनी उनले इजलासमा प्रश्नसमेत गरे।

सम्बन्धित सामग्री

‘नो नट अगेन’ बेकार होः शम्भु थापा

काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘नो नट अगेन’ अभियान बेकारको भएको आरोप लगाएका छ्न्। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन्। नेपालमा राजनीतिक परम्परा बस्न नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘नो नट अगेन बेकार हो। संसद र व्यवस्था स्थापित हुन पाएन। राजनीतिवाद बोकेर कोही जन्मिन्छ तर नो नट अगेनमा […]

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

प्रतिनिधिसभा सकिँदैमा महाअभियोग सकिँदैन: शम्भु थापा

‍काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गर्दै महाअभियोग सिफारिस समितिलाई ती शब्दहरु हटाउन आग्रह गरेका छन्। उनले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनुपर्ने पनि बताए। उनले पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने […]

महाअभियोग मुद्दा हो, फैसला हुनैपर्छ : शम्भु थापा

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरेका छन् । महाअभियोग सिफारिस समितिले त्यो शब्दहरु हटाउने निर्णय गर्नुपर्ने उनको माग छ । पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा थापाले भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने […]

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा

काठमाडाैं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्। बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको भन्दै नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्षी दलको भएको बताए। बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको उनको तर्क छ। ‘आज प्रधानन्यायाधीशको सिट खाली छ। कसरी मनोनयन गर्ने, कसरी नियुक्ति

प्रधानन्यायाधीश जबरामाथि फेरि खनिए शम्भु थापा, पैसामा लिप्त भएको आरोप

काठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । आज (मंगलबार) संवैधानिक कानून व्यवसायी मञ्चले आज ‘न्यायापालिकाको वर्तमान संकट र निकास विषय’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन […]

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

‘दुई तिहाई आएन भन्दै ओलीले फेरि विघटन गरेर चुनाव गर्छु भने के हुन्छ ?’

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा र सुरेन्द्र महतोले बहस गरेका छन् भने अर्का वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको बहस सकिएको छैन । उनले बुधवार पनि बहस गर्दैछन् ।थापा र महतोले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओली धारा–७६ (१) अनुसारका हुन् भनेर राजपत्रमा सूचना प्रकाशन नगरेको बताए । संविधानले ओलीलाई ७६ (२) को प्रधानमन्त्रीको रुपमा मात्र चिन्ने दावी गर्दै वरिष्ठ अधिवक्ता महतोले भने–‘आजसम्म राजपत्रमा छापेको छैन्, अब पुरानो मितिमा र