चितवनमा तोरी उत्पादन बढ्ने

काठमाडौँ,५ पुष । चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा […]

सम्बन्धित सामग्री

तोरीखेतीमा चितवनका किसानको आकर्षण : उत्पादन तथा उत्पादकत्व बढ्ने प्रक्षेपण

चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् । दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला’को रूपमा परिचित थियो । त्यसपछि केही वर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षमा किसानले यसको खेती बढाएका छन् । माग बढेसँगै तोरीले राम्रो मूल्य पनि पाउन थालेको छ । खासगरी पूर्वी चितवनका अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका–७ का किसान छनुराम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले यसको खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । उनले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । तोरीखेतीमा खर्च कम लाग्ने, रोगकीराको प्रकोप कम देखिने र फाइदा पनि धेरै हुने भएकाले आफूले तोरीखेती गर्दै आएको उनको भनाइ छ । ‘अहिले तोरीको बजार राम्रो छ, कतिपय ग्राहक घरमै आएर तोरी खरीद गर्नुहुन्छ । तोरी मिलले पनि लैजान्छन्, बजार नपाउला भन्ने चिन्ता नै छैन,’ उनले भने । तोरीबालीका लागि समयमै मल उपलब्ध भए र मौसमले साथ दिएमा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । चितवनमा तोरी कात्तिकमा छरेर माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानले वर्षे धान थन्क्याएपछि खेतमा तोरी लगाउँछन् । जिल्लाको रत्ननगर नगरपालिका–७ मैनाहाका अर्का किसान विक्रमी महतोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती गर्दै आएको उनी बताउँछिन् । यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने उनको भनाइ छ । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ, गतवर्ष पानी धेरै परेकाले केही असर गरेको थियो,’ उनले भनिन्, ‘यस वर्ष अहिलेसम्मको मौसम तोरीखेतीलाई सुहाँउदो छ, अब बाली थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा बढी उत्पादन लिन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले पछिल्लो समय चितवनका कृषक तोरीखेतीमा आकर्षित हुन थालेको बताए । चितवनमा ३–४ वर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा १९ हजार ४०५ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा १ दशमलव ३१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा प्रतिहेक्टर १ दशमलव २ मेट्रिकटन उत्पादन भएको थियो । ‘यस वर्ष तोरी उत्पादनको तथ्यांक आउने बेला हुँदै छ । तर हामीले फिल्ड भिजिटमा जाँदा पोहोर र अघिल्लो वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं,’ उनले भने । तोरीबाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जंगली जनावरले कम असर गर्ने भएकाले किसानको आकर्षण बढ्दै गएको उनले बताए । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायत क्षेत्रमा तोरीखेती लगाउने किसान बढेको केन्द्रले बताएको छ ।

चितवनमा तोरीको उत्पादन बढ्यो

चितवन । चितवनमा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो ।      केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार दुई सय १८ मेट्रिक टन तोरी उत्पादन भएको थियो । आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार आठ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो । तीन वर्षको तथ्यांकलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ । चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको पुनले जानकारी दिए । तोरी खेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान तोरी खेतीतर्फ आकर्षित भएको पुनले बताए । रासस

चितवनमा तोरी उत्पादनमा वृद्धि

भरतपुर– चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा लाग्ने रोग […]

चितवनमा तोरीको उत्पादन बढ्दो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा तोरीको क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार १८० मेट्रिक टन उत्पादन भएको थियो । गत आव २०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकाले यस वर्ष पनि उत्पादन बढ्ने अनुमान गरिएको छ । ‘अहिले मौसम अनुकूल छ, तोरी राम्रो फुलेको छ, तुसारो पनि परेको छैन,’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने, ‘उत्पादन बढ्ने देखिएको छ ।’ पछिल्ला वर्षहरूमा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षण बढेसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकाले उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको माग र मूल्य पनि बढ्यो,’ उनले भने, ‘यसकारण अन्य खेती छोडेर कृषकले तोरी लगाउन थालेका छन् ।’ यो वर्ष जिल्लाको माडीमा तोरीको ब्लक कार्यक्रम सञ्चालन गरिएको, फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकाले उत्पादन बढ्ने पौडेलको भनाइ छ । विगतका केही आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादन पनि प्रभावित भएको थियो । आव २०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिक टन र आव २०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ । जिल्लामा हरेक वर्ष लगाइँदै आएको तोरीबालीको उत्पादकत्वमा उतारचढाव आएको छ । सिँचाइ, मलखाद र मौसमी अनुकूलता/प्रतिकूलताका उत्पादकत्व घटबढ भएको ज्ञान केन्द्रले बताएको छ । केन्द्रका अनुसार आव २०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३, आव २०७५/७६ मा १ हजार ३ दशमलव २६, आव २०७६/७७ मा ९९३ दशमलव ८८, आव २०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा १ हजार केजी हुने अनुमान गरिएको छ । यो वर्ष तोरीखेती भएको क्षेत्रफल गतवर्ष भन्दा १० हेक्टर क्षेत्रफल बढेकाले १० मेट्रिक टन बढी उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा तेलहन बालीमा तोरी, सर्स्युं, तिलबाली लगाइँदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति लुम्ले १ र प्रीति मोरङ जातको तोरी लगाइन्छ भने सर्स्युंमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाइन्छ । जिल्लामा खेतीयोग्य जमिनको करिब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाइँदै आएको छ ।

चितवनमा क्षेत्रफल बढेसँगै तोरीको उत्पादन पनि बढ्दो

मंसिर २३, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा तोरीको क्षेत्रफल बढेसँगै तोरी उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा उक्त वर्ष १२ हजार १८० मेट्रिक टन तोरी उत्पादन भएको छ ।  यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन र ०७७/७८ मा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोही अनुसार वृद्धि हुने अनुमान गरिएको छ ।  ‘अहिले मौसम अनुकुल छ, तोरी राम्रो फुलेको छ, तुषारो पनि परेको छैन ।’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने । उनका अनुसार  पछिल्ला वर्षहरुमा क्षेत्रफलसँगै तोरीमा कृषकहरुको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुंँदै गएको पाण्डेले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको मूल्य वृद्धिसँगै माग पनि बढ्यो, उनले भने, अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाइ छ । यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिकन, तोरी उत्पादन र आव ०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  तोरीको उत्पादकत्वमा उत्तारचढाव  चितवनमा हरेक वर्ष लगाईदै आएको तोरीबालीको उत्पादकत्वमा उत्तारचढाव आएको छ । प्रतिहेक्टर उत्पादन १ मेट्रिक टनको हाराहारीमा भएपनि मल तथा मौसमका कारण उत्तारचढाव आएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  जसअनुसार आव ०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३ केजी, ०७५/७६ मा एकहजार ३ दशमलव २६, आव ०७६/७७ मा ९९३ दशमलव ८८, ०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा पनि १ हजार हुने अनुमान गरिएको छ ।  यो वर्ष गत वर्षभन्दा १० हेक्टर क्षेत्रफलमा वृद्धि भएकोले १० मेट्रिक टन बढी तोरी उत्पादन हुने अनुमान गरिएको हो । ‘मौसम, मल, क्षेत्रफल, सिँचाइको पर्याप्तता अनुसार यसको उत्पादकत्वमा पनि असर पर्छ ।’ ज्ञान केन्द्र प्रमुख पाण्डेले भने ।  चितवनमा तेलहन बालीमा तोरी, सर्स्यु, तिलबाली लगाईदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति, लुम्ले १, प्रिति मोरङ जातको तोरी लगाईन्छ भने सर्स्युमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाईन्छ ।  चितवनमा खेती योग्य जमिनको करीब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाईदै आएको छ । विशेषगरी नेपालमा चितवन लगायत बाँके, बर्दिया, कैलाली, दाङ, कैलाली, मोरङ, सुनसरी र खोटाङ जिल्लामा तेलहन बाली लगाइने गरिन्छ ।

चितवनमा तोरी उत्पादन बढ्यो

जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरु...

तोरी उखाल्दै मजदुर

चितवनको रत्ननगरस्थित मालपुरमा तोरी उखेल्दै मजदुर। विगतमा तोरीका लागि प्रख्यात मानिने चितवनमा पछिल्लो समयमा तोरी उत्पादन घट्दो छ। तस्बिर : रासस