बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने

पुल निर्माण भएका अनाई, दानसाँघु र भौनेरा खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। ती खोलाका कारण सडक निर्माण भएर पनि पुल नहुँदा बर्षादको बेला यातायात सेवा अवरुद्ध हुने गरेको थियो। बेलिब्रिज निर्माण पछि सडक बाह्रै महिना चल्ने अवस्था हुनेछ।...

सम्बन्धित सामग्री

नुहाउने क्रममा खोलामा डुबेर एक महिलाको मृत्यु

अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ । खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खोलामा डुबेर एककाे निधन

उदयपुरमा खोलामा डुबेर एक पुरुषको निधन भएको छ। जिल्लाको पहाडी भेगको ताप्ली गाउँपालिका १ स्थित यसरी खोलामा माछा मार्न गएका सोही वडाको मादलेका ३५ वर्षीय नगेन्द्र राईको डुबेर निधन भएको हो।...

माडी खोलामा महिलाको शव फेला

रोल्पाको माडी खोलामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार माडी गाउँपालिका वडा नं.५ र ६ को सिमानामाको माडि खोलामा एक बेवारिसे महिलाको शव फेला परेको हो।...

खोलामा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ– नुवाकोट र नवलपरासी (पश्चिम) खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।  नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ । नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु […]

काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

२४ जेठ, काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताए ।

खोलामा डुबेर एक जनाको मृत्यु

कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे  थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको  डिएसपी खरेलले बताए ।

खोलामा डुबेर युवकको मृत्यु

रामपुर– तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ । आज दिउँसो साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुबेर बेपत्ता भएका थिए । अली खोलामा बेपत्ता भएपछि साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी […]