उकालो लाग्दै कोरोना : पीसीआर भन्दा स्वास्थ्य मापदण्ड र खोपमा जोड

कोरोना संक्रमण दर बढ्न थालेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरा भने बढाउन सकेको छैन। आइतबारमात्रै ११६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६...

सम्बन्धित सामग्री

संक्रमण बढ्दै, छैन सावधानी

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । तर भारतबाट घर फर्किने नेपालीलाई भने नाकामा परीक्षणदेखि स्वास्थ्य मापदण्डमा कुनै सावधानी अपनाइएको छैन । यति मात्रै होइन, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याब पनि बन्द छ ।

यात्रुका लागि नयाँ स्वास्थ्य मापदण्ड : कसले कोरोना परीक्षण गर्ने, कसले नगर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्ता यात्रुको कोरोना परीक्षण गर्ने भन्ने विषयमा सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा ३ अवस्थामा कोभिड परीक्षण गराउनुपर्ने जानकारी गराएको हो। सूचनामा कोभिड–१९ विरुद्ध पूर्ण खोप नलगाएका र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट नभएकाको परीक्षण गर्नुपर्ने मन्त्रालको भनाइ छ।

स्वास्थ्य मापदण्ड खुकुलो बनाउने सिफारिस निर्णय नहुँदा पर्यटक मर्कामा

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणदर घट्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सभासम्मेलन आयोजना र पीसीआर जाँचबारे नयाँ निर्णय गरेको छ । सङ्क्रमण रोकथामका लागि यसअघि गरिएका पुराना कडा व्यवस्थालाई सरल र सहज हुने गरी निर्णय गरी कार्यन्वयनका लागि सरकार समक्ष सिफारिस गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर परीक्षणको क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । रुघाखोकीजस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहनुभएको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मंगलवार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो । शनिवार ९ सय ४४ जना र शुक्रवार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । तर, आइतवार त्योभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् । आइतवार १२ हजार ६३२ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा निको हुनेको संख्या २ सय २४ जना रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेको छ र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने सरकारी अधिकारीहरूको आकलन छ । अधिकारीहरूका अनुसार १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या अस्पतालहरूमा बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भूपेन्द्रबहादुर बस्नेतले पछिल्लो १ सातामा कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा संक्रमण तीव्र बढेको हो । ओमिक्रोन संक्रमण छिटो फैलिने हुँदा पछिल्लो समय संक्रमितको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाका बिरामी भर्ना हुनेक्रम बढेको जानकारी दिए । ‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ ओटा अस्पताल र प्रदेशस्तरका सातओटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएको छ । सबै अस्पतालमा कोभिडका बिरामी बढेको पाइएको छ,’ उनले भने, ‘धेरै अस्पतालमा १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या बढेको छ ।’ यसैबीच, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको छ । आइतवारको बैठकमा कोरोना संक्रमण दर बढ्दै गएका बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ । अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना कडाइका साथ गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए । छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ । त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ । सोही सन्दर्भमा आइतवार बिहान उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए । त्यस क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दूरी कायम राख्नेलगायत निर्देशन जारी गर्नेबारेमा छलफल भएको छ । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ सोमवारदेखि नै कडाइ गर्छौं ।’ ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ । पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौं, अहिले नै बन्दाबन्दी वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौं, खोप कार्यक्रमलाई पनि तीव्रता दिन्छांै ।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए ।

संक्रमित ४८ दिनयताकै उच्च

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना फितलो भएपछि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५ सय १८ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या जेठ २६ यताको सबैभन्दा उच्च हो । जेठ २६ मा १६ हजार ६ सय १५ जनाको पीसीआर गर्दा ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिनिधिसभा बैठकका लागि सांसदलाई तोकियो यस्तो स्वास्थ्य मापदण्ड

प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड—१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार / बिहिबार कोरोना परीक्षण गरिएको हो । कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीन/तीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा

त्रिभुवन विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री !’

काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ अभियान सुरु गरेको छ । कोरोना महामारी बढ्दै गएको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउन अभियान थालिएको प्रहरीले जनाएको छ ।प्रहरीले विमानस्थलमा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा र पीपीईको प्रयोग गर्न, विदेश जाने यात्रुलाई अनिवार्य पीसीआर रिपोर्ट साथमा राख्न पनि अनुरोध गरेको छ ।यस्तै टिकट भएका र विशेष अवस्था भएका यात्रुलाई पुर्‍याउन र छाड्न थोरै व्यक्ति मात्रै प्रवेश गर्न र विमानस्थलमा भ...