काठमाडौं, ९ मंसिर । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१ लक्की चौराहामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको मृत्यु भएपछि लम्कीमा अहिले तनाव सृजना भएको छ । स्थानियले राजमार्गमा प्रदर्शन गरीरहेका छन् । प्रहरीले भिड […]