काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन्। तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौँको टुँडिखेलमा मंगलबार आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण‚ संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश-निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन्। त्यसको मुख्य आधार भनेको स्वच्छ […]
समानुपातिक सूचीमा उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम पात्रहरूको स्वागत भएको भन्दै उनले भनेकी छन्, 'वैकल्पिक शक्तिका साथीहरूले पनि उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम नेपो किड्सहरूको स्वागत गरेको देख्दा खुसी लाग्यो!'
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालको एक सय दिनमा कृषि क्षेत्रको संरचनात्मक सुधार र दिगो उत्पादनमा महत्त्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्।
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई पनि समावेश गरेको छ। कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ। यादवको नाम सूचीको ३१औँ र पौडेलको ६२औँ नम्बरमा छ। यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीकी […]
१५ पुस, काठमाडौं । नयाँ शक्तिहरू एकताबद्ध बनिरहेका बेला नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनावी गठबन्धन गर्न सक्ने अनुमान चल्दै आएको छ । यस्तो अनुमानलाई बल पुग्नेगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले आज सार्वजनिक …