युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना, सामान्य घाइते

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा पर्नुभएको छ । उहाँ चढेको कार दुर्घटना भएको हो । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो । जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।   

सम्बन्धित सामग्री

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार बुधबार कीभमा दुर्घटनामा परेको छ । दुर्घटनामा जेलेन्स्कीलाई कुनै गम्भीर चोट नलागेको बताइएको छ । उनका चालकलाई भने जेलेन्स्कीसँगै आएका चिकित्सकहरूले आपतकालीन सहायता दिएर एम्बुलेन्समा लगेको बताइएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार बुधबार कीभमा दुर्घटनामा परेको छ । दुर्घटनामा जेलेन्स्कीलाई कुनै गम्भीर चोट नलागेको बताइएको छ । उनका चालकलाई भने जेलेन्स्कीसँगै आएका चिकित्सकहरूले आपतकालीन सहायता दिएर एम्बुलेन्समा लगेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]