काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका हतियार फिर्ता र फरार कैदीलाई पक्राउ गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । गत आन्दोलनका क्रममा लुटिएका हतियारसहित कारागारबाट फरार कैदी बाहिर रहेको अहिलेको अवस्थामा भय र अशान्तिको वातावरणसहित निर्वाचनका पक्षमा माहोल बन्न नसक्ने वस्तुस्थितिलाई दृष्टिगत गरी आवश्यक कदम चाल्न सरकारसँग अनुरोध गरेका […]
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले निर्धारित समयमै पार्टीको नियमित महाधिवेशनको पक्षमा निर्णय हुने बताएका छन् । उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन निर्णय गर्ने जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र […]
‘प्रयोग गरेको भए ७५ लाख होइन, ७५ करोड पनि बुझाउने थियौँ, प्रयोग नगरेको रकम १० रुपैयाँ पनि बुझाउन सकिँदैन। कि त प्राधिकरणले हामीलाई सहयोग गर्नुस् भन्यो भने ५ करोड पनि दिन तयार छौँ,’ उनले भने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) […]