प्रचण्ड र माधव नेपाल प्रतिगामीको पुच्छर भएको ओलीको आरोप, चुनावमा तालमेल नहुने घोषणा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएर प्रतिगामीको पुच्छर भएको बताएका छन् ।   एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कुनै हालतमा कम्युनिष्ट हुन नसक्ने बताए । सम्बोधनको क्रममा ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड कम्युनिष्ट होइनन् । यसका कुनै शंका छैन । प्रचण्डले आफूलाई कम्युनिष्ट भन्न सुहाउँछ ? नाम राखेर हुन्छ ?’ कार्यक्रममा ओलीले माधव नेपालले देश ...