काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ । शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्ने जानकारी दिए । ”केन्द्रीय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते […]
१० असोज, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भवित क्षति न्यूनीकरणका लागि भन्दै सो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) दिन बन्द …
काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि […]
काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा रहेका छन् । शनिबार बिहान साढे ११ बजे त्रिशुलीको कटानले सहिदलखन गाउँपालिका ४ राइनास बजारका मनमाया राना र सोममाया रानाको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ । मनमाया रानाको दुईतले दुईवटा पक्की घर जोखिममा परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै […]