केरा र आलुमा रोग देखिएपछि किसान चिन्तित

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी