देउवा निर्दलीय प्रधानमन्त्री : मेयर शाक्य

नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अदालतको परमादेशबाट बनेको निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले मुलुकमा दलको प्रधानमन्त्री नभएको टिप्पणी गर्दै भन्नुभयो–‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ, […]

सम्बन्धित सामग्री

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

शेरबहादुर देउवाको विपक्षमा छु, उहाँ निर्दलीय प्रधानमन्त्री हो : मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाण्डाै महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रममा मेयर यस्तो बताउनुभएको हो ।  ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘तर अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहनुभएको छ । अहिले देशमा दलको प्रधानमन्त्री छैन ।’ शाक्यले अहिले पालिका र प्रदेश...

काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।