८ चैत, काठमाडौं । बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव अघि बढेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । प्रचलित ऐनमा बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्तावित ८ दशमलव ९८ प्रतिशत लाभांश शुक्रवार पारित गरेको छ । कम्पनीले शुक्रवार समपन्न १८औं वार्षिक साधारण सभामार्फत प्रस्तावित लाभांश पारित गरेको हो ।
कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६ लाख ६९ हजारको आधारमा ८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको चुक्तापूँजी बोनस पछि रू. ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार पुगेको छ । बोनस वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीले जतिसक्दो छिटो बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराउने बताएको छ ।
सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षणका लागि लेखापरीक्षक रन्जिव एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टसलाई पुन : नियुक्त गरेको छ ।
सभामार्फत संस्थापकतर्फबाट तीन जना र सर्वसाधारणबाट तीन जना गरी ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थापक तर्फबाट उज्ज्वल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य सञ्चालकमा निर्वाचित भएका हुन ।
त्यस्तै सर्वसाधारणतर्फ गंगा सागर ढकाल, सुजन सिद्धि बज्राचार्य, लिसा शेरचन र नरेश ढुंगाना सञ्चालकमा निर्वाचित भएका छन् । उक्त कम्पनीले देशभर ११२ ओटा शाखा कार्यालयहरू र ३० ओटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रिस सहकारी बैंकको सञ्चालकमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले अध्यक्ष केबी उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो
एनआईसी एशिया बैंकको नयाँ सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।२० चैतमासम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार सर्वसाधारण सेयरधनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक निकुञ्ज अग्रवालले राजीनामा दिएपछि बैंकले उनको स्थानमा कैलालीका लम्साललाई नियुक्त गरेको हो ।अग्रवालको राजीनामा बुधबार सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । सर्वसाधारण सेयरधनी […]
नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै सोही सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।
मंसिर १९, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको गत मंसिर १७ सम्पन्न वार्षिक साधारण सभाले सञ्चालकमा पृथ्वीबहादुर पाँडे,प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल निर्वाचित भएका हुन ।
ती सञ्चालकहरु संस्थापक शेयरधनी समूहबाट निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
नेपाल बंगलादेश बैंकको नयाँ सञ्चालक समितिमा ६ जना निर्वाचित गरका छन् ।बैंकको २७ औं साधारणसभा तथा सञ्चालक समितिको निर्वाचनबाट ४ वर्षे कार्यकालको लागि संस्थापक समूहबाट ३ जना सर्वसाधारण समूहबाट ३ सहित ६ जना सञ्चालक निर्वाचित भएका छन् ।सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनामा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यामरुन नहर […]
काठमाडौँ– नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण समूहबाट तीन जना र संस्थापक समूहबाट तीन जना गरी ६ जना सञ्चालकमा निर्वाचित गरेको […]
ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभावाट ३.८ प्रतिशतवोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित भएको छ ।पोखरामा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकसमेत निर्वाचित गरेको छ । साधारणसभाबाट प्रकाशकुमार श्रेष्ठ र विश्वमोहन अधिकारी सञ्चालकमा निर्विरोध निर्वाचित भएका […]