नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू भरतपुर महानगरपालिका मेयर रेनु दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताएका छन्। चितवनको भरतपुरमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले रेनु प्रचण्डको छोरी नभएर रेनुको बुवा प्रचण्ड भएर चिन्न थालिएको बताए।‘२०७४ सालमा रेनु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गर्थे । यद्यपी रेनुको आफ्नै त्याग,तपस्या थियोे। रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने