तिहारमा पनि चिनी अभाव हुने निश्चित

काठमाडौं : सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यध

सम्बन्धित सामग्री

तिहारमा चिनी सहज हुने

नजिकिँदै गरेको तिहारमा चिनी सहज हुने भएको छ । शुक्रबारबाट नेपालकै चिनी उद्योगबाट उपत्यकामा चिनी भित्रिन थालिसकेकाले नै उपत्यकाको बजारमा सहज चिनी पाइने भएको हो । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेस्ट सुगर मिलमा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी शुक्रबारदेखि उपत्यकाको बजारमा आउन थालिसकेको छ । मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

तिहारमा पनि चिनीकाे अभाव हुनसक्ने

काठमाण्डौ – यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो । कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै ...