कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रा मार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएपछि […]
काठमाडौँ । बागलुङ निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्। आज बिहान करिब ७: २० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्। मृत्यु […]
इरानविरुद्धको हमलामा प्रयोग गरिएको बेलायतस्थित अमेरिकी वायुसेना बेसमा आतङ्ककारी आक्रमणको योजनाबारे अनुसन्धान सुरु भएसँगै अमेरिकाले त्यहाँ तैनाथ आफ्ना बमवर्षक विमानहरू स्वदेश फिर्ता बोलाएको छ। संवेदनशील सैन्य गतिविधिको विषयमा सार्वजनिक रूपमा बोल्न अधिकार नभएका पेन्टागनका एक अधिकारीले आइतबार नाम नछाप्ने सर्तमा दिएको जानकारीअनुसार ती बम्बरहरूलाई अमेरिकास्थित तिनका मुख्य बेसहरूमै फिर्ता पठाइएको छ। ‘मिलिटरी एयर ट्र्याकिङ अलायन्स’ […]
कहिलेकाहीँ एउटा सानो देशले संसारलाई ठूलो प्रश्न सोधिदिन्छ । सगरमाथा, बुद्ध र पशुपतिनाथको देश नेपालबाट उठेको त्यस्तै प्रश्न अहिले विश्वमञ्चमा पुगेको छ– हामी विकासको नाममा आखिर कहाँ पुग्न खोजिरहेका छौँ ? संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दा नेपालको भूगोल मात्र बोलेन, हिमाल बोल्यो, बाढीले बगाएका बस्तीहरु बोले, अस्थिर हिमनदीहरु बोले […]
मलेसियाले छानेका २५ म्यानपावरलाई आफ्नै सरकारले समेत 'किन र कसरी छानिएको' थाहा नभएको व्यवसायीहरूको भनाइ छ।
नेपालले कूटनीतिक नोट पठाइसकेको छ, तर जबाफ आएको छैन।
विवादित एफडब्लुसिएमएसमा आखिर कसरी तय भयो २५ कम्पनीको सूची?