उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।
सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् ।
नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार...