लमजुङमा मौरीको मह उत्पादन बढ्यो

लमजुङ । यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५-६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मह उत्पादनमा कमी हुँदै

यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घरपालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।      प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गतवर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले बताएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गतवर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेका थिए । त्यस्तै २०७६ सालमा ९ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयको तथ्यांक छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य ८५० देखि ९०० रुपैयाँसम्म रहे पनि किसानले एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँशीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गतवर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यस वर्ष असोजमा बढी वर्षा भएकाले पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि यस वर्ष मह उत्पादन घटेको बताए । ‘गतवर्ष ४५ ओटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन भएको थियो, यस वर्ष त झन् मौरी घार थपेर ९० ओटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए, तर डेढ क्विन्टल मात्र उत्पादन भयो ।’ जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँशीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् । मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेका थिए । जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र बेँसीसहर नगरपालिका–२ मौरी पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० ओटा किसानलाई वितरणका साथै आवश्यक उपकरणसमेत वितरण गरिएको केन्द्रले बताएको छ । रासस

प्रतिकूल मौसमले दाङमा मह उत्पादन घट्यो

देउखुरी : दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । पर…

मौरीपालनमा बढ्दो आकर्षण

यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ।